दीपा र भुषणको मार्मिक गीत ‘आमा’ [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – मातातीर्थ औशी आर्थात आमाको मुख हेर्ने दिन नजिकिदै गर्दा आमाको महत्व र योगदानको चर्चा गरिएको गीत बजारमा भित्रिन थालेका छन् ।

यस्तैमा गायिका दीपा पन्तले पनि ‘आमा’बोलको नयाँ गीत सार्वजनिक गरेकी छन् । गीतमा दीपालाई गायक भुषण खतिवडाले स्वरमा साथ दिएका छन् ।

पदम बहादर निरौलाको शब्द, भुषण खतिवडाकै संगीत रहेको गीत कभर भर्सनको भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा पनि गायक खतिवडा र गायिका पन्त नै देखिएका छन् ।

रवी बस्नेतको छायाँकन रहेको भिडियोमा राजकुमारले सम्पादन गरेका हुन् । गीतमा निकै मार्मिक शब्दहरु प्रयोग भएका छन् ।

‘हामीलाई यो संसार देखाउने आमाको स्थान हाम्रो जीवनमा सबैभन्दा माथी हुन्छ’ दीपाले भनिन् ‘आमको महत्व बुझाउन गीत ल्याएकी हुँ ।’ गीत निकै राम्रो बनेकोले सबैको रोजाइमा पर्ने उनले सुनाइन् ।