नायिका श्वेता खड्का अस्पताल भर्ना, लेखिन् भावुक स्टाटस

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख १६, २०७६

http://www.nepatop.com.np/

काठमाण्डौ- चर्तित नायिका श्वेता खड्का बिरामी भएपछि उपचारका लागि दिल्लीस्थित बीएलके अस्पताल भर्ना भएकी छिन् । चिउँडोमुनि ट्युमर आएपछि उनी उपचारका लागि दिल्ली गएकी हुन् ।

नायिका खड्काले फेसबुकमाफर्त आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताएकी छिन् । फेसबुकमा भावुक स्टाटस लेख्दै खड्काले जीवनमा केही कुराको पनि निश्चितता नहुने रैछ भनेकी छिन् ।

सँगै ‘हेल्लो जिन्दगी’ को छायांकन बीचमै छाड्न बाध्य हुँदा उनले दुःख पनि व्यक्त गरेकी छिन् । श्वेता लेख्छिन्, ‘तपाईँलाई यो कुरा कहिल्यै थाहा हुँदैन कि तपाईँका योजना र आकांक्षा केही सेकेण्डमै चकनाचुर हुन सक्छन् ।’

श्वेताको चिउँडोमुनि आएको ट्युमरको बीएलके अस्पतालका डाक्टर सुरेन्द्रकुमार दबसले ‘रोबोटिक शल्यक्रिया’ गरेका छन् । श्वेताले आफ्नो उपचारका लागि नेपालबाट डाक्टर पंकजले सबै व्यवस्था गरेको र आफ्नो शल्यक्रिया सफल भएको बताएकी छिन् ।