गाउँ देखि शहरसम्म तहल्का पिट्दै तेजस रेग्मीको ‘पिँडालु…’ [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख १४, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएका चर्चित गीतकार तथा सर्जक तेजस रेग्मीको पिँडालुले गीतसंगीत क्षेत्रमा एकलौटी राज गर्न सफल भएको छ ।

रेग्मीको केहि समयको प्रखाईमा आएको उक्त गीतले गाउँ देखि शहरसम्मनै तहल्का पिट्न सफल भएको छ । गीत केहि दिनमै सबैको मन मुटुमा बस्न सफल भएपछी मिडिया डबली संग कुरा गर्दै रेग्मीले भने ‘छोटो समयमा दर्शकहरुको मायाँ पाउन सफल भए गीतसंगीत गर्न अझ प्रेरणा मिलेको छ । आफुले निकै आश गरेका गीतहरु केहि समयमा नै बजारमा ल्याउने छु ।’

गीतमा चर्चित गायिका बिष्णु माझी र तेजस रेग्मीकै आबाज रहेको छ । रेग्मीलेनै गीतमा लय, शब्द गरेका हुन् भने संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।

शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक, तेजस रेग्मी र रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ ।

इनाक्क्षि इन्टरटेन्टमेन्ट नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको गीतले करिब २० दिनमा २५ लाख भन्दा बढी दर्शक श्रोताको भिउ पाउन सफल भएको छ ।