भरत र पूर्णकलाको आवाजमा ‘घुम्न जाउँ पोखरा’ सार्वजनिक

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, बैशाख ६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – पछिल्लो समयमा ब्यापक चर्चामा आएको कम्पनी जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको ‘घुम्न जाउँ पोखरा’ सार्बजनिक भएको छ । गायक भरत परियार र पूर्णकला बिसीको नयाँ लोक तथा दोहोरी गीत ‘घुम्न जाउँ पोखरा’ सार्वजनिक भएको हो।

आकर्षक भिडियोसहित सार्वजनिक गीतलाई जनता म्यूजिकले आफ्नो युट्युबमार्फत बाहिर ल्याएको हो । भरत परियारकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा भने समिर खान, पुजना घिमिरे र सन्सरी परियारको अभिनय रहेको छ ।

थुप्रै कोरस समेत प्रयोग गरिएर निर्माण भिडियोमा चर्चित मोडल समिरले पुजनासँग रोमान्स गरेका छन् । गीतमा यात्रा एउटा ड्राइभरले युवतीलाई घुम्न जान गरेको आग्रह पनि छ । दीपक गिरीको छायाँकन, अमृत चापागाईंको सम्पादन रहेको भिडियो निसान एसकेले निर्देशन गरेका हुन् ।