गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, बैशाख ४, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाली संगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत श्रृजना लोकप्रिय गीतकारको रुपमा परिचित गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’बाट विभूषित भएकी छन् ।

नयाँ वर्षका अवसरमा राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उनी ‘जनसेवा श्री ५औं’ सम्मानबाट विभूषित भएकी हुन् ।

थापाले थुप्रै गीत गायकी छन् । जुन संगीतिक आकाशमा चर्चामा रहन पनि सफल भएको छ । गुल्मी जन्मघर भएपनि हाल काठमाडौ निवासी थापा मा जन्मनु भएको थापाले लोक, आधुनिक, भजन लगायतका थुप्रै गीतको लेखन, संकलन र स्वर दिनइसक्नु भएको छ ।

आफुलाई सामाजिक कार्यक्रमा पनि दिनरात नभनी सर्मपित गर्दै आएकी थापालाई नेपाल सरकाले उनले गीतसंगीत तथा समाज सेवामा पुर्याएके योगदानको सम्मान स्वरुप यो सम्मानको लायक सम्झिएको हो ।

राष्ट्रपतिबाट विभूषित भएलगत्तै थापाले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आफ्नो गीतसंगीत तथा समाजसेवाको यात्रा अझ सशंक्त रुपमा अगाडि बढाउने बताइन् ।