रामजी, शिला र छुल्टिमले ल्याए ‘बन फूल’ [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रको एक क्षेत्र राज गर्दै आएका गायक तथा संगीतकार रामजी खाँणको नयाँ गीत ‘बन फुल’ सार्वजनिक भएको छ । खाँणले उक्त भिडियो रामजी खाँणनै नामक आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेका हुन् ।

सुजन लम्सालको शब्द रचना गरिएको उक्त गीतमा गायक खाँण र शिला गुरुङको आवाज रहेको छ । गीतमा खाँण आफैले संगीत गरेका छन् । कृष्ण बिकको संगीत संयोजन रहेको गीतलाई निर्देशक शिव बिकले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीको छायांकन रहेको छ ।

भिडियोमा रामजी खाँण र छुल्टिम गुरुङको दमदार अभिनय देख्न सकिन्छ । बिकाश ज्ञवालीले सम्पादन रहेको छ । छोटो समयमा नै गीतले चर्चा बटुल्न सफल भएको छ ।