चर्चित गायक बिमल राज पौडेलको आवाजमा ‘परेली आखैमा…’ भिडियो सहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, भदौ २९, २०७५

काठमाडौँ- चर्चित मोडल तथा गाएक बिमल राज पौडेलको आवाजमा ‘परेली आखैमा…’ सार्बजनिक भएको छ ।

जनता डिजिटल एण्ड फिल्मले बजार ब्यबस्थापन गरेको गीतमा गायक बिमल राज पौडेल लाइ गायिका देबी घर्ति मगरले साथ दिएकी छिन ।

अभिनयमा कासिस दाहाल र बाबु क्षेत्रिको अभिनय देख्न सकिन्छ । बिमल राज पौडेलकै लय रहेको छ भने शब्द सुर्य कुमार क्षेत्रिको रहेको छ ।

मुकेश हुमागाईको छायांकन रहेको भिडियोको निर्देशन साजन पराजुलीले गरेका हुन् । सम्पादन अमृत चापागाईको रहेको छ ।