चर्चित गायक तथा संगीतकार राजेन्द्र बजगाईंले ल्याए “घुमायो मायाँले……” [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, भदौ १, २०७५

काठमाडौँ- पछिल्लो समयमा चर्चा बटुल्दै नेपालि गीत संगीतमा निरन्तर लागिरहेका चर्चित गायक तथा संगीतकार राजेन्द्र बजगाईंले अर्को उत्कृस्ट गित “घुमायो मायाँले……” लिएर आएका छन् ।

भर्खर मात्रै बजगाईं अनि मेलिना राइले गाएको “बर्खाको पानी……” को चर्चा सेलाउन नपाउदै बजगाईंले यो गित सार्बजनिक गरेका हुन्।

झाम्यै मायालु, “बर्खाको पानी”, “टेन्डर”, “झमक झमक”, “ट्राफिक जाम”, जस्ता सयौं गीत संगीत प्रस्कीसकेका बजगाईं बहुआयामिक व्यक्तित्वका धनि मानिन्छन  ।

जनता डिजिटल & फिल्मसले सार्बजनिक गरेको उक्त गीतमा भुवन शर्मा कँडेलको शब्द रहेको गीतमा केशव बाबुले एरेञ्ज गरेका हुन् ।

म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको कोरियोग्राफी रहेको छ । डिआर अधिकारी र जेनेलिया श्रेष्ठले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

गीत संगीतमा सौखिन गायक बजगाइँले आफ्ना सिर्जनाहरूबाट खुसी छन् । भन्छन्, ‘अहिलेसम्म गीत संगीतबाट खुसी छु ।’