ए.एन.एमको ‘पशुपतिमा गजुर…..’ सार्वजनिक (भिडियोसहित)

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, साउन २६, २०७५

⊕ मिडिया डबली सम्बाददाता कृष्ण पहाडी

काठमाडौँ –  गायिक मन्जु पौडेल र गायक भागिरथ चलाउनेले आवाजमा तीजको कोशेली ‘पशुपतिमा गजुर…..’ बजारमा आएको छ  । यस गीतलाई ए.एन.एमले तिर्सना म्युजिक कम्पनी मार्फत बजारमा ल्याएका हुन् ।

बाबुराम बोहराको शब्द रहेको उक्त गितमा लय भने भागिरथ चलाउनेकै रहेको छ । उक्त तीज गीतमा ‘पशुपतिमा गजुर…..’ मा गायिक मन्जु पौडेल र गायक भागिरथ चलाउनेले स्वर दिएका छन् ।

यस गीतमा मौसम हिमालीको निर्देशन,  दुर्गा पौडेलको छांयाकन तथा बिष्णु शर्माको सम्पादन रहेको छ । त्यस्तै सन्जिब शिंह ठकुरी र अन्जली अधिकारिले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् :