गायक रामजी खांण, टिका पुन र सिता खांणको आवाजमा तीजको कोशेली ‘कति सुहाएको तिमीलाई…..’ बजारमा

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, साउन २५, २०७५

काठमाडौँ – गायक रामजी खांण, टिका पुन र सिता खांणको आवाजमा तीजको कोशेली ‘कति सुहाएको तिमीलाई…..’ बजारमा ल्याएका छन् । गायिका सिता खांणको एल्बम बजारमा आएको केहि समयमा नै बजारमा तहल्का पिटेको छ ।

संगीतकार खेम सेन्चुरीको संगीतमा तीज गीत ‘कति सुहाएको तिमीलाई….. रिलिज भएको हो ।

पश्चिमतिरका जिल्लाहरूमा गाइने लोक लयको झल्को यो गीतमा सुन्न पाइन्छ । शुक्रबार रामजी खांणको आफ्नै युट्युबमार्फत रिलिज गरिएको गीतमा गायक रामजी खांण, टिका पुन र सिता खांणको स्वर रहेको छ ।

गीतमा झ्याउरे र टिपिकल शब्द लाई नै समेटिएको संगीतकार खेम सेन्चुरीले बताए । ‘आधुनिक प्रकारको गीत बनेको छ’, उनले भने, ‘म्युजिक भिडियो पनि मेहनत गरेर बनाइएको छ ।’

गायक समेत रहेका संगीतकार खेमले पाच सयभन्दा धेरै गीतमा स्वर र संगीत दिइसकेका छन् । रुपन्देही जिल्लाबाट संगीतकै लागि राजधानी आएका खेमले गीतसंगीतलाई नै सबैथोक मान्छन् । भन्छन्, ‘गीतसंगीतमा लागेको छु ।

अहिलेसम्म ठीक छ । भविष्यमा के हुने हो थाहा छैन ।’ उक्त तीज गीतका शब्द खेम सेन्चुरीले नै लेखेका छन्। गीतका एरेञ्जर आशिष अविरलले गरेका हुन् ।

मौसम हिमालीले म्युजिक भिडियो निर्देशन गरका छन् । म्युजिक भिडियोमा रामजी खांण र रश्मी तामाङले मोडलिङ गरेका छन् ।