गायक पुरुषोत्तम पौडेल र गायिका यमुना अर्यालको सुमधुर आवाजमा “शिरिमा शिरी बतासै चल्यो” सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २८, २०७५

काठमाण्डौ – नेपाली हिन्दु नारीहरुको महान पर्ब तिज आउन केही बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गितहरुले बजार भने तताउन थालिसकेका छन।तिजकै लागी बिभिन्न गितहरु आउने क्रम संगै भर्खरै अति मनमोहक तिज गित “शिरिमा शिरी बतासै चल्यो” सार्बजनिक भएको छ ।

 

 

गायक पुरुषोत्तम पौडेल र गायिका यमुना अर्यालको सुमधुर आवाजले सजिएको उक्त गित उमंग म्युजिक कम्पनि बाट सार्बजनिक भएको छ । शिब पौडेलको शब्द रहेको उक्त गितलाई पुरुषोत्तम पौडेलले नै संगितबद्द गरेका छन। बिनोद बाजुरालीको एरेन्ज रहेको उक्त तिज गितमा खडक बाजुरालीको मिक्सिङ रहेको छ ।

 

 

गितलाई स्मृति तिमल्सिना “गुरुआमा” ले निर्देशन र शिब पौडेलले सम्पादन  गरेका छन। मोडल पुरुषोत्तम पौडेल, सुमन परियार, आकृति पाण्डे र अन्जना भुर्तेलले अभिनय गरेका छन ।