राजेन्द्र कंडेल र अनु रानामगरको “तिज आएको बेला” तिज गित सार्बजनिक । (भिडियो सहित)

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, असार २४, २०७५

काठमाण्डौ – नेपाली हिन्दु नारीहरुको महान पर्ब तिज आउन केही बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गितहरुले बजार भने तताउन थालिसकेका छन।तिजकै लागी बिभिन्न गितहरु आउने क्रम संगै भर्खरै अति मनमोहक तिज गित “तिज आएको बेला” सार्बजनिक भएको छ ।

राजेन्द्र कंडेल र अनु रानामगरको सुमधुर आवाजले सजिएको उक्त गित दुई दिनमै चर्चाको शिखरमा पुगेको छ ।जिबन प्याकुरेलको लिरिक्स रहेको उक्त गितलाई राजेन्द्र कंडेलले नै संगितबद्द गरेका छन। बिनोद बाजुरालीको एरेन्ज रहेको उक्त तिज गितमा खडक बाजुरालीको मिक्सिङ रहेको छ ।

 

सुपारी म्युजिकले आफ्नो  you tube च्यानल मार्फत सार्बजनिक गरेको गितलाई काजिस श्रेष्ठले निर्देशन र प्रबिन भट्टले संपादन गरेका छन।अहिलेका चर्चित मोडल प्रकाश सपुत ,अञ्जली अधिकारी उज्जवल गिरीले अभिनय गरेका छन भने उक्त गित छमछमी नचाउने खालको रहेको छ ।

 

बि.पी फिल्मसको पोष्ट प्रडक्सन रहेको “तिज आएको बेला” गितको हेरौँ भिडियो।