‘रातो सारी रेलिमाई’ बोलको तिज गित सार्बजनिक ! [ भिडियो सहित ]

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार १६, २०७५

काठमाण्डौ – चाहाना मिडियाको ब्यानरमा निर्मित धमाकेदार तिज गित रातो सारी रेलिमाई तिजमा सुहाउनी को छ मलाई बटौली घुमाउने बोलको मनमोहक गित सार्बजनिक भएका छ।

 

रामजी खांड शान्ति र रिजाल पौडेलको सुमधुर आवाज रहेको उक्त गितमा सहदेब कोईरालाले कम्पोज तथा लिरिक्स दिएका छन।

 

हेमन्त शिशिरको एरेन्ज रहेको गितलाई रामजी खांड र रन्जिता गुरुङले अभिनय गरेका छन। बिक्रम चौहानको कोरियोग्राफ रहेको छ भने गितलाई बासु बरालले खिचेका छन ।

 

दिपक बिष्टको सम्पादनमा बनेको भिडियोको पोष्ट प्रडक्सन चाहना मिडियाले गरेको छ। डबली नेटवर्कको मिडिया डबलीले आफ्नो you tube  च्यानल मार्फत सार्बजनिक गरेको गितको हेरौँ भिडियो: