सर्जक कृष्णा आचार्य ‘रोशनी’को शब्दमा युदिन न्यौपानेको “मायाँको घैला” भिडियोसहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २९, २०७५

काठमाडौं – चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

 

पछिल्लो समय गीत संगीतको ब्यवसाय छैन । तै पनि यसमा लगानी गर्नेको कमी देखिदैन । गीतमा लगानी गर्न नयाँदेखि पुराना गायक गायिका समेत पछि पर्दैनन् । नयाँ तथा पुराना गायक गायिकाको गीत ल्याउने प्रतिस्पर्र्धा रहेको छ भने चलिरहेको छ ।

 

एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएकी नेपाली लोक दोहोरि क्षेत्रकि सर्जक हुन् कृष्णा आचार्य ‘रोशनी’। लामो समयदेखि सर्जक विधामा अब्बल रहेकी रोशनीको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ ।

 

कृष्णा आचार्य ‘रोशनी’को शब्द तथा प्रेम सापकोटा सोनुको लय लाई टपक्क  टिपेर एक प्रशंसा लायककी गायिका सावित्री जोशी र गायक प्रेम सापकोटा सोनु आबाज दिएका  छन ।

 

गुरु आमा फिल्मले दृश्य निर्माण गरेको “मायाँको घैला” लाई स्मृति तिमल्सिना ‘ गुरुआमा’ निर्देशन गरेकी हुन् भने सुरेश श्रेष्ठ र प्रकाश संगम कडेलले छायांकन गरेका हुन्।

 

स्मृति तिमल्सिना, लोमश शर्मा, युदिन न्यौपाने र सोना केसीले म्युजिक भिडियोमा मोडलिङ गरेका छन् ।  म्युजिक भिडियोलाई प्रकाश धमला ‘भान्जा’ ले सम्पादन  गरेका हुन् ।