बिश्व नेपालीको बियोगान्त नया गीत ” कोरेर मेरो चित्र ” सार्वजनिक । (भिडियो सहित)

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ १३, २०७५

काठमाडौं – गायक विश्व नेपालीको नया गीत ‘ कोरेको मेरो चित्र ‘  सार्बजनिक भएको छ । ट्रि इन्टरटेन्मेन्टको निर्माण रहेको  यस गीतको भिडियोमा नरेन खड्का र सनम घिमिरे फिचरीङमा रहेका छ्न भने प्रेम वियोगमा एक प्रेमीले प्रेमिकाप्रति समर्पित गरेका मार्मिक शब्दहरुले गीत भरिपुर्ण छ ।

फरक परिवेश झल्काउने सार्वजनिक यस बियोगान्त गीतमा गायक विश्वको गायन,दिनेश दर्शनधारीको शब्द तथा आनन्द राईको संगीत रहेको छ भने गीतलाई गोपाल रसाईलीले एरेन्ज गरेका छ्न  । गीतको भिडियोलाई  दिपेश सापकोटाले  निर्देशन गरेका छ्न । सुशन प्रजापतिले खिचेको यस भिडियोलाई  सम्पादन भने उज्जल ढकालले गरेका छन । गीतको भिडियो ब्ल्याक एण्ड ह्वाइटमा बनाइएको छ ।