‘सिङ्गो देशमा बाँच्न पाँउ’ मार्फत अभिनयमा झुल्किए मदन [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ १२, २०७५

काठमाडौँ- ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’ नामक देशभक्ति पुर्ण भावनाले ओतप्रोत गीत बजारमा आएको छ ।

 

मदन गुरुङ,कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा तयार भएको गीतमा कुमार पौडेलको स्वर डिपी निरेसाको संगीत र कमल खनालको शब्दले सजिएको छ ।

 

मदन गुरुङले यसै गीत मार्फत अभिनयमा डेब्यु गरेका छन्, गीतमा कुमार पौडेल , कमल खनालका साथै नटराज ग्रुपको पनि अभिनय देख्न सकिन्छ ।

 

गीत मार्फत मुलुकमा बढ्दै गएको द्धन्द हिमाल,पहाड र तराई बिचमा देखिएको जातिय वर्गिय बिभेद बारे जनतालाई सुसुचित गराउन खोजिएको कलाकार मदन गुरुङले जानकारी दिए ।