अनिता चलाउनेको “इन्ट्री मार्यो मायाले” मा रामजी र रुबिनाको यस्तो मस्ती [ भिडियोसहित ]

महेन्द्रप्रसाद पोखरेल (एम पि) प्रकाशित : शुक्रबार, जेष्ठ ११, २०७५

काठमाण्डौ-लोक प्रिय गायिका तथा संचारकर्मी  अनिता चलाउनेको प्रस्तुतिमा  ” बिना प्रमिसन दिल मा इन्ट्री मार्यो मायाले” गीत को म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।

 

अनिता चलाउनेको एल्बम रहेको उक्त गीतमा  लोक प्रिय गायक तथा चर्चित मोडेल रामजी खाँण र अनिता च लाउने   आवाज रहेको छ । शब्द घनश्याम रिजाल र संगीत भने रामजी खाँणको  रहेको छ ।

 

गायिका  तथा संचार कर्मी अनिता च लाउनेको आफ्नै युट्युब च्यानल  बाट बजारमा ल्याएको उक्त गीतमा अभिनय पनि रामजी खाँणकै रहेको छ रामजी खाँणलाई चर्चित मोडेल रुबिना अधीकारीले साथ दिएकी छिन।

 

झन्डै ५० जना कोरसमा तयार गरिएको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने  उक्त भिडियोको छायांकन दुर्गा पौड्यालले गरेका हुन् । एकता फिल्म्स  प्रा ली ले दृश्य निर्माण रहेको उक्त भिडियोलाई चर्चित सम्पादक  नबिन घर्ति मगरको रहेको छ।