चर्चित नृत्यकार सुजन विश्वकर्मा कहाँ छन ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ११, २०७५

कुनैबेला नेपालकी चेली तेरिया मगरलाई नृत्य सिकाएका सुजन बिश्वकर्मा कहाँ र के गर्दैछन भन्ने सबैलाई चाँसो हुन सक्छ ।
२०५५ बैसाख १ गते झापाको गोल्धापमा बुबा प्रेम बिश्वकर्मा र आमा टीका बिश्वकर्माको सपुत्रका रुपमा जन्मिएका सुजन अहिले अमेरीकामा बसोबास गर्दै आएका छन।

एक  प्रतिभावान कलाकारका रुपमा आफुलाई स्थापित गराईसकेका सुजन बिभिन्न अवार्डहरुले सजिईसकेका छन।
ईण्डियाको डान्स प्लस टु शो मा शहभागी   भए लगत्तै उन्ले द यु एस ए डान्स च्याम्पमा उपाधी जितेका थिए ।

 

अहिले लण्डन आईडलमा टप टेनमा पर्न सफल सुजन आफ्नो फुर्शदको समय अमेरीकामा आफैले निशुल्क डान्स क्लास खोलेर डान्स सिकाउँछन।

 

 

 

कलाकारलाई सिमानाले फरक पार्दैन भन्ने ज्वलन्त उदाहरण हुन सुजन ।

 

देश बाहिर रहेर पनि आफ्नो साधनामा लागी परेका सुजन सँग गरिएको कुराकानीको आधारमा ।
प्रस्तुती -महेन्द्रप्रसाद पोखरेल (एम. पि)