चर्चित गायिका बिष्णु माझीको आवाजमा “सेतो कात्रो” भिडियोसहित सार्बजनिक !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ९, २०७५

काठमाडौँ – पछिल्लो समयमा आफ्ना छुट्टै र मार्मिक गीत प्रस्तुत गरी निकै रुचाएका गायक गणेश परियारको नया गीत “सेतो कात्रोमा गोजी हुदैन” निकै मिठो गीत सार्बजनिक भयको छ ।

साच्ची मरे पछि कस्कोपो खोजि हुन्छर, खोजे पनि कहा भेटिनु एक दुइ दिन रुनी कराउने तर तेसपछि त् बिस्तारै भुल्दै भुल्दै जाने त् हो बाचुन्जेल तेरो मेरो भन्दै झगडा गर्छौ मरे पछी केनै लानी होर ।

बाचुन्जेल राम्रो संग आफ्नो कर्म गर्नु पर्छ मरे पछि कसैको खोजी हुदैन बाचुन्जेल गरेका राम्रा काम नै अज्जर अमर रहनेछन् यस्तै यस्तै समेटिएको छ यो मर्मस्पर्शी गीतमा ।

यस गीतमा गणेश परियार संगै चर्चित गायिका बिष्णु माझीको स्वर रहेको छ,यसको लय भीमसेन तामाङ र शब्द लक्ष्मी तामाङको रहेको छ ।

काठमाडौँ आसपासका जिल्लामा निकै मेहनत गरेर तयार पारीएको यो गीतको भिडियोलाई करण चैसिरले छायांकन प्रकाश भट्टले निर्देशन र बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

टिना श्रेष्ठ र बिक्रम सुनामको मनै रुवाउने अभिनय रहेको यो गीतको बजार ब्यबस्थापन भने हिम सम्झौता डिजिटलले गरेको हो ।