धन लिन्छु भन्दै गएका थियाैं उडेर अाकाशमा, कस्ताे भर्इ गयाैं कस्ताे भर्इ अायाैं काठैकाे बाकसमा [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ ७, २०७५

काठमाडौँ- धन लिन्छु भन्दै गएका थियाैं उडेर अाकाशमा, कस्ताे भर्इ गयाैं कस्ताे भर्इ अायाैं काठैकाे बाकसमा

सँगै जाअाैं स्वर्ग भनेकाे भए मै जाने थिए र, जबाफ देऊ प्यारा एक बचन बाेल्दैनाै किन र ?

बाेल मायाँ एक बचन बाेल, तिम्राे बाेली छ मलार्इ अनमाेल -२

नवाेदित अनि उदीयमान कलाकार प्रकाश सपूतद्धारा शव्द, संगीत र स्वरमा सजिएकाे नयाँ गीत ‘बाेल मायाँ’ अहिले भर्खरै बजारमा अाएकाे छ ।

 

धन कमाउने सुन्दर सपना बाेकेर दशाैं हजार विदेश जाने नेपाली युवाकाे वास्तविक तस्वीरलार्इ गीतममा उनेर कलाकार सपूतले भिडियाेसहित बजारमा ल्याएका छन् ।

 

याे गीत हेर्ने प्रत्येक दर्शककाे अाँखाबाट अाँशु झर्छ । अझ प्रत्येक नेेपाली युवाकाे मन निकै भक्कानिएर अाउँछ । किनकि गीतमा वास्तविकता दर्शाइएकाे छ ।

 

याे गीतमा वरिष्ठ गायक नारायण रायमाझीले मुख्य स्वर दिएका छन् भने प्रकाश सपूत अाफैले पनि स्वर दिएका छन् । महिलामा शान्ति श्री परियारले स्वर दिएकी छिन् ।

 

भिडियाे गीतकाे दृश्य –