मिडिया डबली काउन्ट डाउन टप १० सार्बजनिक, यो साता तहल्का पिट्दै यी गीतहरु [ नामावलीसहित ]

कृष्ण प्रसाद पहाडी प्रकाशित : शनिबार, जेष्ठ ५, २०७५

कृष्ण प्रसाद पहाडी

काठमाडौं – ‘गीत संगीत लगानी गर्नेको संख्या दिन प्रतिदिन बाक्लिदै छ । दैनिक यहाँ एकदेखि ४ वटासम्म गीत सार्वजनिक हुने गरेका छन् । तर चर्चा र लगानी सुरक्षित कमैले मात्र गर्ने गरेका छन् । यो साता पनि बजारमा लोक देखि आधुनिकसम्म बिभिन्न खालका गीत संगीत सार्वजनिक भए ।  त्यस्तै सार्वजनिक गतिका म्युजिक भिडियोमा पनि बिभिन्न प्रयोग भए । केही रमाइलो भिडियो बनेको देखियो भने केही सर्ट चलचित्र स्टाइलमा भिडियो समेत सार्वजनिक भए ।

मिडिया डबली काउन्ट डाउन टप १० 

 

यस्ता छन्, यो साता बजारमा भित्रिएका गीतसंगीत

१) बोल मायाँ 

गायक तथा सर्जक प्रकाश सपुतको ‘ बोल मायाँ ‘ गीत सार्वजनिक भएको छ । नारायण रायमाझी, प्रकाश सपुत र  शान्ति श्री परियारको आबाज रहेको छ। गीतमा प्रकाश सपुतको शब्द तथा लय र कमल सौरागको एरेन्जमेन्ट छ । गीतको भिडियो पनि बनेको छ । प्रकाश सपुतको निर्देशनमा बनेको भिडियो करण चैसिरले खिचेका हुन् भने प्रविन भट्टको सम्पादन रहेको छ । भिडियोमा प्रकाश सपुत र  अन्जली अधिकारिको अभिनय छ ।

२) जाम भन्यो लाहुरेले

गायिका कृष्णा गुरुङको ‘ जाम भन्यो लाहुरेले ‘गीत सार्वजनिक भएको छ । गायक तथा सर्जक रामजी खाँणको र कृष्णा गुरुङको आबाज रहेको छ । सीपी मगरको शब्द अनि रामजी खाँणको लय रहेको छ । गीतको भिडियो पनि बनेको छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियो राजेश घिमिरेले खिचेका हुन् भने बिष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा  रामजी खाँण र पुर्णिमा श्रेष्ठको अभिनय छ ।

३) मार्न मर्न 

गायक तथा सर्जक खेम सेन्चुरी र जानुका तामाङको आवाजमा  ‘ मार्न मर्न ‘ गीत सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द अनि रोहित मल्लको लय रहेको छ । गीतको भिडियो पनि बनेको छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियो राजेश घिमिरेले खिचेका हुन् भने बिष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा  बिमल अधिकारि र सगुन शाहीको अभिनय छ ।

४ पानि सलल 

गायक बद्रि पंगेनी र रुपा घर्ति मगरको आवाजमा ‘ पानि सलल ‘  गीत सार्वजनिक भएको छ । बहुचर्चित सर्जक एक नारायण भण्डारीको लय तथा शब्द रहेको छ । भिडियोमा दुर्गेश थापा र जुना सुन्दासको अभिनय रहेको छ । क्रान्ति केसीको निर्देशनमा बनेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् भने क्रान्ति केसीको सम्पादन रहेको छ ।

५ झरेको फुल 

बहुचर्चित सर्जक एक नारायण भण्डारीको ‘ झरेको फुल ‘ सार्बजनिक भएको छ । एक नारायण भण्डारीकै लय शब्द रहेको छ । महेन्द्र गौतमको निर्देशनमा बनेको भिडियो दुर्गा पौडेलले खिचेका हुन् भने नबिन घर्ति मगरको सम्पादन रहेको छ । भिडियोमा देबेन्द्र क्षेत्रि र सगुन शाहीको अभिनय रहेको छ ।

६)  झर्यो झरना 

गायक तथा सर्जक बिमल राज पौडेलको ‘झर्यो झरना ‘ सार्बजनिक भएको छ । चर्चित सर्जक केशब सापकोटाको शब्द र बिमल राज पौडेलको लय रहेको छ । साजन पराजुलीको निर्देशनमा बनेको भिडियो मुकेश हुमागाईले खिचेका हुन् भने अमृत चापागाईको सम्पादन रहेको छ। भिडियोमा बिमल राज पौडेल र मन्जिता केसीको अभिनय रहेको छ ।

७)  किन दुख मान्छौ

निर्देशक युबराज वाइबाको निर्देशनमा ‘किन दुख मान्छौ’ सार्बजनिक भएको छ । बिपी वाग्लेको शब्द, संगीत रहेको छ । भिडियो उत्सब दाहालले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ। भिडियोमा रिमा बिश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ ।

८) आउन तिमि 

नब गायक भरत क्षेत्रिको आवाजमा ‘आउन तिमि’ सार्बजनिक भएको छ । गणेश चौधरीको शब्द, संगीत रहेको छ । शिशिर श्रेष्ठको निर्देशनमा बनेको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन् अमृत चापागाईको सम्पादन रहेको छ। भिडियोमा एलिशा राई र भिम फेदी गाइजको अभिनय रहेको छ ।

९)  न्यानो मायाँ

गाहिका मेलिना राई र पुरण सुनुवारको आबाजमा ‘ न्यानो मायाँ ‘ सार्बजनिक भएको छ । राजेश अर्यालको शब्द तथा भूपू पाण्डेको संगीत रहेको छ । सुन्दर लवाती निर्देशनमा बनेको भिडियो सुन्दर लवातीले नै खिचेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ। भिडियोमा फुर्पा र कल्पनाको अभिनय रहेको छ ।

१० ) दुनिया नचाईदे 

गायक तथा सर्जक भक्त राज भट्टको लय शब्द तथा अबाजमा ‘ दुनिया नचाईदे ‘ सार्बजनिक भएको छ । गायक भक्त राज भट्टलाई आबाजमा साथ अरज केशबले दिएका छन् । शेर साउदको निर्देशनमा बनेको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने बिष्णु शर्माको सम्पादन रहेको छ। भिडियोमा शेर साउद र रिना थापा मगरको अभिनय रहेको छ ।

नोट : गित संगीत छनोट गर्दा युटूब भिवर्स लाई  मात्र आधार मानिएको छैन ।