सुपारी म्युजिक कम्पनि बाट सार्बजनिक “अर्को जन्म” मा सारिका केसीको यस्तो अभिनय [ भिडीयोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३, २०७५

कृष्ण प्रसाद पहाडी – 

काठमाडौँ – 

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

 

एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल  सुपारी म्युजिक कम्पनि बाट ” अर्को जन्म ” सार्बजनिक भएको छ ।

 

सबै क्षेत्रमा अब्बल सावित गरेको म्युजिक कम्पनि  बाट विभिन्न गीतहरुले बजारमा धमाका मच्चाउदै गरेका बेला अर्को यो ” अर्को जन्म “नामक म्युजिक भिडियोमा मोडल सारिका केसीलाई साथ् भने ले साथ्  बिष्णु मल्लले साथ दिएका छन ।

 

सर्जक अमित बाबु रोकायको  लय रहेको छ भने पहलमान खड्काको शब्दलाई टपक्क टिपेर गायक शान्ति श्री परियार र अमित बाबु रोकायकै आबाज रहेको छ ।

 

उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने गोकुल अधिकारिले छांयाङकन गरेका हुन् । चर्चित निर्देशन  कपिल लामाले गरेका हुन् । उक्त गीत सुपारी म्युजिकको अफिसियल युटुब  च्यानल  मार्फत सार्वजनिक गरिएको छ । दर्शकहरुको मनमा बस्न सफल उक्त गीतलाई मिडिया डबलीको तर्फबाट पनि शुभकामना ब्यक्त गर्न चाहन्छौं ।