सबैले आशा गरिएको म्युजिक भिडियो ” मार्न र मर्न ” भोलि सार्बजनिक हुदै, यस्तो छ नालीबेली

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३, २०७५

-कृष्ण पहाडी

काठमाडौँ – लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा बहुचर्चित मोडल हुन बिमल अधिकारि । लामो समयदेखि लोक गीतको विधामा  अभिनयमा राज गर्दै आएका बिमल अधिकारिको अभिनयमा  नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । मोडल क्षेत्रमा अब्बल सावित गरेका अधिकारिका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।

 

नेपालका ख्यातिप्राप्त चर्चित गायक तथा संगीतकार खेम सेन्चुरी र गायिका जानुका तामाङको आवाजमा सबैले एकदमै आस गरिएको गित ” मार्न र मर्न ” भोलि सार्बजनिक हुने मिति तोकिएको छ ।

 

फिल्मी शैलीमा केहि दिन पहिला आफ्नु ट्रेलर सार्बजनिक गरेको ” मार्न र मर्न ”  म्युजिक भिडियो कस्तो बनेको होला भन्ने सबैलाई खुल्दुली भएको धेरैको चासो रहेको छ ।

 

रोहित मल्लको लय रहेको यस गीतमा शब्द भने  नेत्र अर्यालको रहेको छ । भावना म्युजिक कम्पनि मार्फत बजारमा सार्बजनिक हुने यस गीतको छायांकन भने नेपालका विभिन्न ठाउ चोभार, बल्खु, भक्तपुर, गोदावारी रामेछाप जिल्ला आसपासमा गरिएको कुरा यस गीतका मोडल तथा भावना म्युजिक सोलुसनका संचालक बिमल अधिकारीले मिडिया डबलीलाइ जानकारी दिए ।

यस्तो छ सार्बजनिक भएको यस गीतको पोस्टर 

 

उक्त भिडियोमा  मोडल बिमल अधिकारि र सगुन शाहीको जोडदार अभिनय देख्न सकिनेछ । चर्चित सम्पादक बिष्णु शर्माको सम्पादन तथा राजेश घिमिरेको छायांकन र निर्देशन प्रकाश भट्टले गरेका छन् ।

 

यस भिडियोको कथा एकदमै भिन्न तरिकाले फिल्मी शैलीमा प्रस्तुत गरेको र महिले पनि एकदमै आशा गरेको मिडिया डबली संग कुरा गर्दै  यस भिडियोका निर्देशक  प्रकाश भट्टले जानकारी दिए । सबैले आशा गरिएको उक्त  गीतलाई मिडियाडबलीको तर्फबाट अग्रिम शुभकामना ।

 

यस्तो छ यसको सार्बजनिक भएको ट्रेलर