चन्द्र सुर्य फिल्मस् कम्पनि मार्फत बजारमा सार्बजनिक भएको “बाकीं जिबन” मा मोडल महेन्द्र र सायाँको यस्तो अभिनय [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३, २०७५

कृष्ण पहाडी

काठमाडौँ – लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा बहुचर्चित मोडल हुन महेन्द्र गौतम । लामो समयदेखि लोक गीतको विधामा अभिनयमा राज गर्दै आएका महेन्द्र गौतमको अभिनयमा  नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । मोडल क्षेत्रमा अब्बल सावित गरेका  गौतमका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।

 

नेपालका ख्यातिप्राप्त चर्चित गायक बालकुमार श्रेष्ठ र गायिका सुस्मा थापा मगरको आवाजमा रहेको एकदमै राम्रो गीत विधाता २ “बाकीं जिबन” सार्बजनिक भयको छ ।

 

राजु बिरही लामाको शब्द रहेको छ भने सुस्मा थापा मगरकै लय रहेको  छ  । आज मात्र चन्द्र सुर्य फिल्म कम्पनि मार्फत बजारमा सार्बजनिक भएको छ । उक्त भिडियोमा मोडल महेन्द्र गौतम र सायाँ भण्डारीको जोडदार अभिनय देख्न सकिन्छ ।

 

चर्चित सम्पादक बिष्णु शर्माको सम्पादन तथा करण चैसिरको छायांकन र निर्देशन एकिन्द्र सारा शंकरले गरेका छन् ।  प्रस्तुत गीतलाई मिडियाडबलीको तर्फबाट धेरै बधाई तथा शुभकामना ।