चर्चित मोडल धुर्ब हिमालीको लयमा ”काठमाडौँमा घर छैन” भिडियोसहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३, २०७५

काठमाडौँ – लोक दोहोरी तथा सुगम संगीत क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल मोडल हुन धुर्ब हिमाली । लामो समयदेखि लोक गीत तथा सुगम संगीतको विधामा अभिनयमा राज गर्दै आएका धुर्ब हिमालीको अभिनयमा नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । मोडल क्षेत्रमा अब्बल सावित गरेकी गिरिका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।

 

मोडलमा राज गर्दै आएका हिमालीले अहिले भने सर्जक पनि भएका छन, पछिल्लो पटक उनले लय गरेको गित सार्वाजनिक भएको छ ।

 

नेपालका ख्यातिप्राप्त चर्चित  गायक बाल कुमार श्रेष्ठ र युना लामाको आवाजमा रहेको एकदमै राम्रो गीत ”काठमाडौँमा घर छैन” सार्बजनिक भयको छ ।

 

धुर्ब हिमालीको लय रहेको यस गीतमा शब्द भने बिरही लामाको रहेको छ । केहि दिन अगाडी मात्र  म सम्झौता डिजिटल मार्फत बजारमा सार्बजनिक भएको छ ।

 

उचेतन सागरकोको निर्देशन तथा सम्पादन, महेश महराले छायांकन गरेका छन् । यो गीतमा मनोज खडका, लक्ष्मी तामांग र राजिव अधिकारीको अभिनय देख्न पाईन्छ । । प्रस्तुत गीतलाई मिडियाडबलीको तर्फबाट धेरै बधाई तथा शुभकामना ।