मेशना डिजिटल म्युजिक प्रा.लि बाट सार्बजनिक भएको ” सात फेरो ” बजारमा तहल्का पिट्दै

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख ३१, २०७५

कृष्ण प्रसाद पहाडी

काठमाडौँ- रुपन्देही जिल्ला रुद्रपुर १ अस्नैयामा जन्मिएका एक बहुप्रतिभाशालि गायक तथा संगीतकार खेम सेन्चुरीको लयमा “सात फेरो” म्युजिक भिडियो सार्बजनिक भएको छ।

 

आफुले निकालेका सबै गितहरुले चर्चा संगसंगै सधै आफुलाई संगीतकार तथा सर्जकको रुपमा परीचित बनाउदै आएका सेन्चुरी अहिले गायकको रुपमा पनि उतिकै लाखौ दर्शक श्रोता हरुको मन जित्न सफल भयका छन् ।

 

यस्तै क्रममा अहिले आएको “सात फेरो” गीतमा चर्चित गायिका बिष्णु माझि र बिजय परियारले आबाज दिएका छन् ।

 

उक्त गीतमा लय खेम सेन्चुरीले गरेका छन् भने शब्द नेत्र अर्यालको  रहेको छ । मेशना डिजिटल म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको यस भिडियोमा मोडल रन्जिता गुरुङ र ओबी रायमाझीको दमदार अभिनय देख्न सकिन्छ   ।

 

छायाकार सुरेश श्रेष्ठ छायांकन गरेका छन् भने निर्देशन कपिल लामाले गरेका छन्  ।  दिपक बिस्टको सम्पादन रहेको उक्त गीतलाई  सफलताको लागी मिडिया डबलि परिवारको तर्फ बाट शुभकामना !