चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठ र सबिना कार्कीको अभिनयमा ” तिम्रो र मेरो ” भिडियो सहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, बैशाख १३, २०७५

काठमाडौँ-  नेपालि म्युजिक भिडियोको दुनियामा आफ्नु छुट्टै पहिचान बनाउन सफल चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठको  निर्देशन तथा अभिनयमा ” तिम्रो र मेरो ” बजारमा सार्बजनिक भएको छ ।

 

चर्चित गायक टंक बुढाथोकीको आवाजमा बजारमा आएको उक्त गीतमा उत्तम भण्डारीको शब्द रहेको छ भने संगीत  पनि टंक बुढाथोकीकै रहेको छ । बहुचर्चित छायांकार मुकेश हुमागाईले छायांकन गरेका छन भने बहुचर्चित सम्पादक अमृत चापागाईको सम्पादन रहेको छ ।

 

भिडियोमा  चर्चित मोडल शिशिर श्रेष्ठ  र  सबिना कार्कीको दमदार अभिनय देख्न सकिन्छ । दृश्य निर्माण जनता डिजिटल $ फिल्मले गरेको छ  ।