सुगम संगीतमा राज गर्दै आएकी गायिका प्राश्ना शाक्यको हावा गीतले बजारमा तहल्का पिट्दै [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, बैशाख १३, २०७५

काठमाडौँ- चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

 

एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली सुगम संगीतका धरोहर गायिका हुन् प्राश्ना शाक्य । लामो समयदेखि सुगम संगीत गीतको स्वर विधामा अब्बल रहेकी शाक्यको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ ।

 

सरिता तुलाधरको शब्दलाई टपक्क टिपेर आफैमा कुकिल कन्ठ स्वरमा सरस्वती बसेको निकै पृथक रुपमा गित गाउन सक्ने र प्रशंसा लायककी गायिका हुन् प्राश्ना शाक्य , आफ्नो आवाज मार्फत लाखौं सुगम संगीत पारखिको मनमा बास बस्न सफल भएको सहजै अनुमान गर्न सकिन्छ ।

 

नेपालि म्युजिक भिडियोको दुनियामा आफ्नु छुट्टै पहिचान बनाउन सफल बहुचर्चित निर्देशक युवराज वाईबाको निर्देशनमा भर्खरै मात्र “ ए हावा ” आधुनिक गित बजारमा आएको छ ।

 

चर्चित गायिका प्राश्ना शाक्यको आवाजमा बजारमा आएको उक्त गीतमा सरिता तुलाधरको शब्द रहेको छ भने संगीत हरि लम्सालको छ । बहुचर्चित छायांकार उत्सब दाहालले छायांकन गरेका छन भने बहुचर्चित सम्पादक निशान घिमिरेको सम्पादन रहेको छ ।

 

भिडियोमा चर्चित मोडल अनिल र स्वोताकै दमदार अभिनय देख्न सकिन्छ ।