चर्चित सर्जक रामजी खाणँ र रश्मी तामाङको अभिनयमा चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, बैशाख १३, २०७५

कृष्ण प्रसाद पहाडी

काठमाडौँ- चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

 

एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायिका हुन् भूमिका गिरि । लामो समयदेखि लोक गीतको स्वर विधामा अब्बल रहेकी गिरिको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ ।

 

सबै क्षेत्रमा अब्बल सावित गरेका  रामजी खाणँका विभिन्न गीतहरुले बजारमा धमाका  मच्चाउदै गरेका बेला अर्को यो मायाकै पिरलोमा आफुले दमदार अभिनय गरेका छन् उनलाई साथ् भने रश्मी तामाङले साथ् दिएकी छिन ।

 

नाम जस्तै काम, नेपाली लोक तथा गीत संगीतको क्षेत्रमा यो अनुपम उपहार गिरिको मायाकै पिरलोमा  गायिका भूमिका गिरि र भागिरथ चलाउनेको आबाज सुन्न सकिन्छ । गोरखपुरको सलाईको अपार सफलता पछी आज मात्र मायाकै पिरलो सार्बजनिक गरेकी हुन् ।

 

चर्चित सर्जक खेम सेन्चुरीको  लय रहेको छ भने नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर गायक भागिरथ चलाउने तथा आफैमा कुकिल कन्ठ स्वरमा सरस्वती बसेको निकै पृथक रुपमा गित गाउन सक्ने र प्रशंसा लायककि गायिका हुन् भूमिका गिरि , आफ्नो आवाज मार्फत लाखौं लोक गीत संगीत पारखिको मनमा बास बस्न सफल भएको सहजै अनुमान गर्न सकिन्छ ।

 

उक्त गीतलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् भने राजेश घिमेरेले छांयाङकन गरेका हुन् । चर्चित निर्देशन  प्रकाश भट्टले गरेका हुन् । उक्त गीत भूमिका गिरिको च्यानल  मार्फत सार्वजनिक गरिएको छ । दर्शकहरुको मनमा बस्न सफल उक्त गीतलाई मिडिया डबलीको तर्फबाट पनि शुभकामना ब्यक्त गर्न चाहन्छौं ।