चर्चित मोडल लिला गिरीको अभिनयमा “अभिनय गर्दा गर्दै ” भिडियोसहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ४, २०७५

कृष्ण प्रसाद पहाडी काठमाडौँ –

लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा चर्चित मोडल हुन लिला गिरि  । लामो समयदेखि लोक गीत तथा आधुनिक विधामा  अभिनयमा राज गर्दै आएकी लिला गिरिको अभिनयमा  नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । मोडल क्षेत्रमा अब्बल सावित गरेकि गिरिका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।

 

नेपालका ख्यातिप्राप्त चर्चित गायक स्वरुप राज आचार्यको आवाजमा रहेको एकदमै राम्रो आधुनिक गीत ‘अभिनय गर्दा गर्दै ’ सार्बजनिक भयको छ ।

 

पडी. आर अतुको संगीत रहेको यस गीतमा शब्द भनेपवित्रा राइ को रहेको छ  । उक्त भिडियोमा मोडल लिला गिरि र बिज्ञान अर्यालको जोडदार अभिनय देख्न सकिन्छ  ।

 

कृष्ण पाण्डेको छायांकन अनि अनिश लामाको  निर्देशन रहेको यस भिडियोलाई अमृत चापागाईले सम्पादक  गरेका छन् । उक्त भिडियो निर्माण भयको छ । प्रस्तुत गीतलाई मिडियाडबलीको तर्फबाट धेरै बधाई तथा शुभकामना ।