चर्चित मोडल निर्मल क्षेत्रि र दिपाशा बिसीको अभिनयमा ” पोखराको भलाम ” भिडियोसहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ४, २०७५

कृष्ण प्रसाद पहाडी काठमाडौँ –

लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा चर्चित मोडल हुन निर्मल क्षेत्रि । लामो समयदेखि लोक गीतको विधामा  अभिनयमा राज गर्दै आएका निर्मल क्षेत्रिको अभिनयमा  नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । मोडल क्षेत्रमा अब्बल सावित गरेका  क्षेत्रिका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।

नेपालका ख्यातिप्राप्त चर्चित गायक चुलेन्द्र पौडेल र गायिका देबी घर्तिको आवाजमा रहेको एकदमै राम्रो पन्चेबाजा गीत ‘पोखराको भलाम ’ सार्बजनिक भयको छ ।

पशुपति शर्माको लय रहेको यस गीतमा शब्द भने चुलेन्द्र पौडेलको रहेको छ  । केहि दिन मात्र अगाडी रक्षा म्युजिक प्रालि बाट सार्बजनिक भएको छ ।

उक्त भिडियोमा  मोडल निर्मल क्षेत्रि र दिपाशा बिसीको जोडदार अभिनय देख्न सकिन्छ  । यस गीतको छायांकन भने नेनेपालको पोखरा आसपासका ठाउमा छायांकन गरिएको छ  ।

दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको यस भिडियोलाई नबिन घर्ति मगरले सम्पादक  गरेका छन् । उक्त भिडियो निर्माण भयको छ । प्रस्तुत गीतलाई मिडियाडबलीको तर्फबाट धेरै बधाई तथा शुभकामना ।