लाखौ गीतलाई पछि पार्दै ‘सुन सबैले सुन’ नेपालको ट्रेण्डिङमा

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख ३, २०७५

शुभकामना तथा आशीर्वाद दिनु सफलताको कामना गर्नु हो । यहाहरुलाई अवगत नै होला । हामीले गत शुक्रबार एक लेखमा चर्चित मोडल बिमल अधिकारि र सायाँ भण्डारीको अभिनयमा ” सुन सबैले सुन ” भिडियोसहित सार्बजनिक भन्ने खबर प्रकासनमा ल्याएका थियौ । सायदै यसैको उपज हुन सक्छ । लोक तथा दोहोरी गीतको बिधाबाट अहिलेको डिजिटल बजारमा फट्को मार्दै छ ।

 

गत शुक्रवार बेलुका ७ बजे म्यूजिक नेपाल मार्फत नेपाली लोक गीत तथा संगीत पारखीहरुका लागि सार्वजनिक गरीएको उक्त गीतको भिडियोले यति चर्चा कमायो कि ट्रेडिङ मा पर्न सफल भयो ।

 

बिस्तारै पचासौ नम्बरबाट आफ्नो ट्रेडिङ यात्रा सुरु गरेको उक्त गीतले ३२  औं नम्बरमा आफ्नो पाईला टेक्दै छ । देश तथा बिदेशका लाखौ दर्शक हरुको अपार माया तथा सदभाव उक्त गीतका लागी एक मिनेट तथा सेकेन्ड भरका लागि अमुल्य साबित हुन्छ ।

 

लोक गीत यसरी टेडिङमा पर्नु लोक तथा दोहोरी गीत क्षेत्रका अनुयायीहरु अत्याधिक बढ्नु हो भन्छन  भाबना म्युजिक सोलुशनका प्रबन्ध निर्देशक बिमल अधिकारि  ।

 

बिमल अधिकारि र सायाँ भण्डारीकोको निकै बेदनाले भरिएको अभिनय अनि लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको आबाज रहेकाले पनि उक्त गीत चर्चा चुम्न सफल भएको आम दर्शकको बुझाई रहेको छ ।

 

ऋषि खड्काको लय रहेको यस गीतमा शब्द भने बिमल अधिकारिको रहेको छ  । आज  मात्र भावना म्युजिक कम्पनि मार्फत बजारमा सार्बजनिक भएको गितले मायाँ केहो ? मायाँ कस्तो हुन्छ ? भनेर देखाउन खोजिएको छ ।

 

उक्त भिडियोमा  मोडल बिमल अधिकारि र सायाँ भण्डारीको जोडदार अभिनय देख्न सकिन्छ  । यस गीतको छायांकन भने नेपालका विभिन्न जिल्ला स्याङ्जा, पाल्पाका आसपासका ठाउमा छायांकन गरिएको छ  ।

 

चर्चित सम्पादक अमर शाख्यको सम्पादन तथा राजेश घिमिरेको छायांकन र निर्देशन कपिल लामाले गरेका छन् ।

उक्त गीतको भिडियोमा सफलताको शुभकामना दिदै कमेन्ट गर्नेहरुको संख्या पनि निकै तिब्र रुपमा बढिरहेको देख्न सकिन्छ । आसा गरौं उक्त गीत सर्बाधिक दर्शकको रोजाईबाट एक नम्बरमा पर्न सफल होस ।