चर्चित गायक तथा सर्जक पुरुषोतम पौडेलको आवाजमा ” मायाले जोवान दिएन ” भिडियो सहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख २, २०७५

काठमाडौँ – लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा चर्चित सर्जक तथा गायक हुन् पुरुषोतम पौडेल । लामो समयदेखि लोक गीतको विधामा  गायकको रुपमा राज गर्दै पुरुषोतम पौडेलको आवाजमा  नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । गायक तथा सर्जक भनेर चिनिने गित संगीत क्षेत्रमा आफुलाई अब्बल सावित गरेका पौडेलका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।

उही चर्चित गायक पुरुषोतम पौडेल  र गायिका सारदा पंगेनीको आवाजमा रहेको एकदमै राम्रो गीत ‘मायाले जोवान दिएन’ सार्बजनिक भयको छ ।

चर्चित सर्जक शिब सुबेदीको शब्द तथा लय रहेको यस गीतमा चर्चित मोडल धुर्ब हिमाली र सुप्रिया पंगेनीको जोडदार अभिनय देख्न सकिन्छ । आज  मात्र उमङ्ग म्युजिक कम्पनि मार्फत बजारमा सार्बजनिक भएको छ ।

चर्चित सम्पादक दिपक बिस्टको सम्पादन तथा मौसम हिमालीको निर्देशन सुरेश श्रेष्ठको छायांकन रहेको छ । प्रस्तुत गीतलाई मिडियाडबलीको तर्फबाट धेरै बधाई तथा शुभकामना ।