एउटै लोकगितबाट ५० लाख भन्दा बढी कमाउने केशबको निरन्तर यात्रा !

यदुराम सापकोटा प्रकाशित : बिहिबार, चैत्र २२, २०७४

काठमाडौँ- सुन्दा अचम्म लाग्न सक्छ तर अनौठो मान्नु पर्दैन, तपाईले पनि त्यो गित सुनिसक्नु भयो , उहीखोलीको पानी उही खोलीको माछा नाम को गित लेख्ने सर्जक हुन केशब पौडेल।

 

नेपाल घर नवलपरासी भई हाल जापानमा काम गर्दै आएका केशब पौडेलले लेखेको उक्त गितले लोकगित इतिहासमा  नै नौलो रेकड राख्यो जुन गित बाट गितको टिमले ५० लाख भन्दा बढी दर्शकस्रोता कमायो।

 

हो हामीले यही ५० लाखको श्रोताको कुरा गर्दै छौ, ५० लाख दर्शक कमाउने गितले पैसा पनि ८/१० लाख कमायो भनेर हामी सिधै अनुमान लगाउन सक्छौ तर त्यो कमाईको कती स्वाद पनि केशबले पहिलो आफ्नो गितबाट लिन पाएनन।

 

आफुले लेखेको गितले चर्चा कमायो नाम र दाम अरुले नै कमाए तर उनि आफुले लेखेको मै सन्तुष्ट रहिरहे ।आफ्नो गुनासो आफ्ना साथीभाई संग बाहेक अन्त पोखेनन।नाम र दाम नकमाउदा पनि उनले हरेस खाएनन झन उनले परदेशबाट नै संगित क्षेत्रको यात्रा लाई अगाडी बढाएका छन।

 

उहीखोलीको पानी पछी ,तराईमा धान झुल्दा, घिन्ताङमादल लगायतका उतकृष्ट गित बजारमा ल्याईसकेका केशब ले यतीबेला उत्कृष्ट मौलीक लोकदोहोरी गित गुन्द्रुक मिठो सागको बजारमा ल्याएका छन्।

 

केशबको शब्दमा शिब हमालको लय रहेको गितमा बिक्रम परियार र देबी घर्तीको मिठो आवाज सुन्न पाईन्छ भने अभिनय रामजी खाँड र करिस्मा ढकालले गरेका छन। सम्पादन प्रविन भट्टको रहेको छ भने छायांकन कारण चैसिरको रहेको छ ।

 

गितमा निर्देशन मौसम हिमाली र एरेन्ज कमल सौरागको रहेको छ। अरुको युटुब बाट गीत निकाल्दा दर्शकको माया पाएर पनि पैसाको स्वाद संगितको कमाई कस्तो हुन्छ थाहा नपाएका केशबले अहिले भने आफ्नै युटुब अकाउन्ट बाट गित बजारमा ल्याएका हुन।

 

संगित क्षेत्रको यात्रा अझै अगाडी बढोस् ५० लाख हैन करोड श्रोताको माया प्राप्त होस् केशब पौडेल लगाएत सम्पूर्ण टिमलाई हाम्रो शुभकामना।

भिडियोसहित