बैदेशिक रोजगारका पिडाहरु (भिडियो सहित )

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, चैत्र २०, २०७४

काठमाडौँ– दर्जनौ गीतका माध्यमबाट संगीतप्रेमी मनहरु जित्न सफल हेमन्त शिशिरको म परदेशी बोलको गीत सार्वजनिक भएको छ । ज्ञानेन्द्र केशीले फरक सैलिमा डाइरेक्सन गर्नु भएको यस गीतको म्युजिक भिडियो पनि हेरीरहु लाग्ने छ । यस गीतको सब्द र संगीत पनि हेमन्त शिशिरको नै भएको यस गीतमा परदेश जानुको पिडा र त्यस पछि उत्पन हुने घरायसी समस्याको बारेमा निकै नै मनमोहक ढंगबाट देखाइएको छ ।

यस गीतमा सदिप श्रेष्ठ, मनिशा मैनाली, अच्युत आचार्य, सरोज रेग्मी, चन्दा केसी, अभिनास सोनी, गोपाल बाबु ओली, भीमसेन कल्याल ठकुरी र सिता कुमारीले अति नै राम्रो संग आफ्नो भूमिका निभाउनु भएको छ । यस गीतको छयांकन अजय रेग्मीले गर्नु भएको छ भने  भिडियो सम्पादन सुजन शाहीले गर्नु भएको छ ।

नेपालको सन्दर्भमा बैदेशिक रोजगारले रेमिट्यान्स त भित्याएको नै छ भने बैदेशिक रोजगारका कारण बिकृतिहरु पनि भित्रिरहेका छन । एउटा मध्यम बर्गको परिवारले घरपरिवारको शुखको लागि बैदेशिक भूमिमा दिन रात एक गरेर पसिना बगाइरहेको हुन्छ भने गरको श्रीमती परपुरुष संग सम्बन्ध राखेर धन सम्पति उडाइ रहेका घटनाहरु प्रसस्थै पाइन्छन । सोहि बिषय बस्तुलाई समेटेर निर्देसक ज्ञानेन्द्र केसीले निकै नै फरक किसिमले प्रस्तूत गर्नु भएको छ ।