पोर्न फिल्म खेल्न अभिनेत्रीलाई अफर

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ३०, २०७४

मुम्बई – भारतीय अभिनेत्री राखी सावन्त विवादमा परेकी छिन् । राखीले एक अन्तरवार्ताका क्रममा सनी लियोनीमाथि गम्भीर आरोप लगाएपछि विवाद सिर्जना भएको हो ।

‘सन्नीले मेरो नम्बर धेरै जनालाई दिएकी छिन् । उनले मेरो नम्बर पोर्न फिल्म उद्योगका मान्छेहरूलाई दिएकी छिन्’, राखिले भनेकी छिन्, ‘त्यसपछि मलाई लगातार फोन आइरहेका छन् । मलाई फोनमा सताइएको छ ।’

राखीले फोन गर्नेहरूले आफूलाई राम्रो पैसाको अफर गरिरहेको बताइन् । उनीहरूले आफ्नो भिडियो र मेडिकल सर्टिफिकेट मागिरहेको राखीले बताइन् ।

राखीले आफूले यस्तो काम गर्न पटक्कै नचाहेको भन्दै यस्तो काम गर्नुभन्दा मर्न तयार हुने बताइन् । – एजेन्सी