‘प्याडम्यान’को कमाइलाई उछिन्यो यो स्टारबिहिन फिल्मले !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौँ – २३ फेब्रूवरीमा रिलिज भएको ‘सोनु के टिटूकी स्वीटी’ फिल्मले भारतिय वक्सअफिसमा अनपेक्षित व्यापार गर्न सफल भएको छ। खासै नचिनिएका स्टारहरूको अभिनित यस फिल्मले कमाइको मामिलामा अक्षयकुमार अभिनित ‘प्याडम्यान’लाई पछार्दै यस वर्षको सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्म बनेको छ।

बलिउड फिल्मका व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले हालसम्म करिब ८२.१० करोड भारतिय रूपयाँको कमाइ गरिसकेको छ। उनका अनुसार व्यापारका हिसाबले यस फिल्म भन्दा अगाडी दीपिका पादुकोणको ‘पद्मावत’ रहेको छ। फिल्मले तेस्रो शनिबार समेत ४.१२ करोड भारूको व्यापार गरेको छ।

फिल्मलाई ‘प्यारका पञ्चनामा’ फेम निर्देशक रव रञ्जनले निर्देशन गरेका हुन्। फिल्ममा नुसरत भरूचा, कार्तिक आर्यन, सनी सिहं, आलोक नाथ तथा वीरेन्द्र सक्सेनाको अभिनय रहेको छ। प्रेम र दाजुभाइको सम्बन्धबिचलाई कमेडीमा प्रस्तुत गरेको फिल्मले महिलालाई गलत ढंगले पेस गरेको भन्दै आलोचना खेपेको भए पनि दर्शकहरूले फिल्मको हास्य रसलाई मनपराएका छन्।