सन्तोष लामाको स्वरमा ‘माझी दाइले जालै हान्दा’ सार्वजनिक [भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

काठमाडौँ- नेपाली गीत सङ्गीतको विधामा एकदमै उत्कृष्ट विधा हो आधुनिक गीत सङ्गीतको विधा । यही विधामा नयाँ नयाँ गीत सङ्गीतहरु बजारमा निरन्तर आउने क्रम पनि जारी रहेको छ ।
यही भीडमा गायक सन्तोष लामाको स्वरमा निकै नै कर्णप्रिय गीत यूट्यूबमा सार्वजनिक भएको छ । माझी दाइले जालै हान्दा बोलको यस गीतमा शब्द सुरेश घिमिरे निश्चिन्तको शब्द तथा बलु मुकारुङको सङ्गीत रहेको छ ।

गीतको भिडियोमा बेनिसा हमाल र डा.धर्मराज उपाध्यायको अभिनय रहेको छ । बिदुर पाण्डेको छाँयाकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको यस गीतमा प्रशन्नको निर्देशन रेहेको छ ।