फ्राइडे रिलिज:’शेरबहादुर’,’पटुकी’ र ‘मेज रनर: द डेथ क्योर’ हलमा

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

काठमाडौँ- फ्राईडे रिलिज अन्तर्गत यो साता दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । गत साता बलिउड चलचित्र’पद्मावत’का कारण फ्राइडे रिलिज प्रभावित भएपनि यो साता ‘शेरबहादुर’ र ‘पटुकी’ रिलिज भएका छन् ।

‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । आर राजवंशीले निर्देशन गरेको चलचित्रमा ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको छ ।

‘शेरबहादुर’ मा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।यस चलचित्रले मल्टिप्लेक्स र सिङ्गल स्क्रिन दुबैमा शो पाएको छ ।

यस्तै सिंगल थिएटर लक्षित ‘पटुकी’ मा रजनी केसी मूख्य भूमिकामा छिन् । राम नेपाल निर्देशित ‘पटुकी’ मा जेम्स विसी, म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य अभिनय छ ।

यस्तै हलिउडका लागि ‘मेज रनर: द डेथ क्योर’ रिलिज भयो। अमेरिकन साइन्स फिक्सनलाई वेस बलले निर्देशन गरेका हुन्। जेम्स ड्यासनरको किताब द डेथ क्योरमा आधारित फिल्ममो डाइलन ओब्रेन, काया स्कोडेलारियो, थोमस बोर्डी, आइडन गिलेन, वाल्टन गोगिस लगायतको अभिनय रहेको छ।