निर्देशक श्याम भट्टराईलाई पूर्व पत्नीबाटै ज्यान मार्ने धम्की

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

निर्देशक श्याम भट्टराईले पूर्व पत्नी नायिका रञ्जना शर्माले आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । अहिले उनी रञ्जनासँग डिर्भाेस नभएका कारण समस्यामा परेका छन् ।

उनले आफू पीडित भएको सामाचार एक अनलाईनबाट सार्वजनिक भएपछि, रञ्जनाले नेपालबाट फोन गरेर मार्ने धम्की दिएको भन्दै, पुरुष पीडितलाई हेर्ने कानुन छकी छैन ? भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

रञ्जनाले आफूलाई डिर्भाेस पनि नदिने र अर्काे विवाहको लागि अनुमती पनि नदिएका कारण आफू महिला पिडित भएको श्यामको भनाई छ । यो जोडीले चलचित्रमा काम गर्ने क्रममै प्रेम विवाह गरेको थियो ।

हैन नेपालमा पुरूषलाई पिडित वनाउनेको लागी कुनै कानुन छैन ? खवरको सानों समाचार लगत्तै जो चोर उसैको पो धम्की आउछ त | मरता क्या नहीं करता? चेतना भया उनले लेखेका छन |

तर विवाहको बारेमा बोल्दै रञ्जनाले भने श्यामसंग विवाह नभयर इन्गेजमेन्ट मात्र भएका कारण यसलाई विवाह भन्न नमिल्ने बताउँछिन् । ३ हप्ताको लागि अमेरिकाबाट नेपाल आएकी रञ्जनाले एक मिडियासंगको कुराकानी गर्दै आफूले श्यामलाई कुनै पनि किसिमको धम्की नदिएको बताईन । रञ्जना सन् २०१० मा अमेरिका गएकी थिईन । श्याम पनि अमेरिकामानै बस्छन् तर फरक फरक ठाँउमा ।