टेलर स्विफ्ट बनिन संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- चर्चित पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले बर्सेनि जारी गर्ने ुटप अर्निङ स्लेबुमा उनले अभिनेता तथा खेलाडीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेकी हुन् ।

२९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनी सन् २०१६ मा पनि यो सूचीको शीर्ष स्थानमा थिइन् ।

टेलरपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर १७० मिलियन डलरसहित दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा कान्ये वेस्ट, चौथोमा लियोनल मेस्सी र पाँचौंमा इद सेरिन रहेका छन् ।

सोसल मिडिया तथा टिभी स्टार काइली जेनर सूचीको दोस्रो नम्बरमा छिन् भने र्‍यापर केनी वेस्ट तेस्रो स्थानमा छन्। फुटबलर लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेमारले क्रमशः चौंथो, छैटौं र सातौं स्थान सुरक्षित गरेका छन्। गायक एड सिरान सूचिको पाँचौं स्थानमा छन्।