निर्देशक याखाको निर्देशनमा ‘उडी जाने ठुलो जेटैले…’ सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, असार २३, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएका ब्यस्त निर्देशक जस बहादुर याखालाई अहिले भने भ्याइनभ्याइ भएको छ । कतिले काम नपाउदै गर्दा पनि उनि भने अहिले कार्यमा नै व्यस्त रहेका छन् । दिनदिनै आफ्नै कार्यमा लगनशीलता राख्ने याखाले अहिले भने लोकदोहोरी गीत ‘उडी जाने ठुलो जेटैले…’ सार्बजनिक गरेका हुन् ।

उनि सबै पक्षका गीतको निर्देशन गर्ने एक अब्बल निर्देशक भएका कारण नै उनि अहिले भने व्यस्त रहेको उनि संग कार्य गर्नेहरुले बताउने गरेका छन् ।
आधुनिक, हिपहप र्याप, पुर्बेली, लोकदोहोरी, कल्चरल गरि करिब २ दर्जन भन्दा बढी गीतहरुमा निर्देशन गरिसकेका निर्देशक याखाले अहिले भने लोकदोहोरी गीत उडी जाने ठुलो जेटैले सार्बजनिक गरेका छन् ।

उक्त गीतमा गायक कमल गजमेर र गायिका पम्फा गजमेरको आबाज रहेको छ । लय, शब्द कमल गजमेरले नै गरेका हुन् भने गीतको संगीत संयोजन हेमन्त शिशिरले गरेका हुन् ।

अभिनयमा सर्बजित शाह, निर्मल गजमेरलाई भिडियोमा देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर राजन रसाइलीले गरेका छन् । भिडियोको छायांकन नबराज उप्रेतीले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।

भिडियोहेर्न तल क्लिक गर्नुहोस :