आकाशिएको सुनको भाउ घट्यो, कतिले भएको छ कारोबार ?

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, असार ११, २०७६

http://www.nepatop.com.np/

काठमाण्डौ – दिनदिनै आकाशिएको सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

सुन बुधबार तोलाको ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँ घटेको हो ।

त्यस्तै बुधबार तेजावी सुन तोलको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।