सगरमाथाको चुचुरोमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं- सिटी एक्सप्रेसको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।

जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेसु भन्ने नारालाई आत्मासाथ गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया—०३, संखुवासभा निवासी २६ वर्षीय जेन्जेन लामाले गत जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका छन् ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोहबीच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेन्जेन लामालाई बधाई तथा शुभकामना दिए ।