ह्यातै घट्यो सुनको मुल्य

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ५, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ –  नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।

साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।