स्थापना दिवसमा खाद्यान्न वितरण

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

http://www.nepatop.com.np/

लमजुङ –  “प्रगतिको आधार कामना सेवासँग कारोवार”भन्ने मुल नाराकासाथ आमजनतामाझ विभिन्न वित्तीय सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंक सुन्दबजार शाखा स्थापना दिवसको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लमजुङको राईनास न.पा वडा न.०८ मा अवस्थित सर्वोदय सेवाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न वितरण गरेर मनाएको छ ।

बैंकका शाखा प्रमुख तुलसी राम गिरी सहित कर्मचारीहरुको टोलीले फलफूल तथा खाद्यान्न वितरण गरेर पहिलो स्थापना दिवस मनाईको हो ।

साथै कामना सेवाविकास बैंकले उच्च ग्राहक सुविधालाई महत्वको रुपमा लिने गरेको र कामना सेवा विकास बैंकले विभिन्न प्रदेशहरुमा वित्तिय साक्षरता तथा शिक्षा,स्वास्थ्य, वातावरण सरंक्षण,सांस्कृतिक प्रर्वद्धन लगायत विभिन्न सामाजिक क्रियाकलापहरुमा पनि योगदान गर्दे आएको छ ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, ईन्टरनेट बैकिंङ, मोवाईल बैकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।