सामसुङको आधिकारिक सेवा केन्द्र कालिका मार्ग, दमौलीमा सुरु

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाण्डौ, ३१ बैशाख –  नेपाल अधिराज्य भरी १६ वटा सामसुङ का सेवा केन्द्रहरु भएका आई एम एस केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिका मार्ग, दमौलीमा सुरु गरेको छ ।

सो सेवा केन्द्रको उद्घाटन आई एम एस ग्रुपका मार्केटिङ मेनेजर राम श्रेष्ठ तथा सेल्स मेनेजर कुनाल गुरुङल गरेका थिए।

आई एम एस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” बताए।