सुनको मुल्य ह्यात्तै घट्यो, कतिले भइरहेको छ कारोबार ?

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाडौँ- सुन आज प्रतितोला ४ सय रुपैयाँ घटेको छ।

हिजो प्रतितोला ६१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।