कामना सेवा बिकास बैंक सुन्दरबजार शाखाको घरदैलो अभियान तिब्र

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३१, २०७६

लमजुङ – कामना सेवा बिकास बैंक सुन्दरबजार शाखाले घरदैलो अभियानलाई तिब्र बनाएको छ । बैंकले ल्याएको नयाँ सेवा सुबिधाबारे नागरिकलाई सूसुचित गरी सेवादिने उद्धेश्यले घरदैलो अभियानलाई तिब्रता बनाइएको सो बैंकका सुन्दरबजार शाखा प्रमुख तुलसीराम गिरीले जानकारी दिए ।

गत शनीबार तनहुँको भानु नगरपालिका वडा नं. ११ पुतलीबजार, ढाँढफेदी मानेचौका लगायतका ठाउँमा भएको घरदैलो अभियानमा एकैदिन ६० वटा खाता खुलेको कामना सेवा बैंक सुन्दरबजार शाखाका नवराज सापकोटाले बताए  ।

घरदैलो अभियानमा कामना सेवा बिकास बैंक सुन्दरबजार शाखाका कर्मचारी र प्रभु लाईफ ईन्स्योेरेन्स लमजुङ शाखाका प्रबन्धक दीपक अधिकारी लगायतको उपस्थिति थियो ।

कामना सेवा बैंकले स्वर्णिम सुरक्षित बचत खाता योजना अन्तर्गत १ हजार रुपैयाँमा खाता खोल्दा ७ लाख सम्मको दुर्घटना र १ लाखको औषधीउपचार बिमा हुने नयाँ योजना ल्याएपछि नागरिकहरु कामना सेवा बैंकमा आकर्षित भएका छन ।

सुरक्षित लगानी, स्वर्णिम बिहानी भन्ने नाराका शुरुवात गरीएको सो योजनामा दैनिक रुपमा ब्याज गणना भई त्रैमासिक रुपमा भूक्तानी हुनेछ भने भिसा डेबिट कार्ड, मोबाईल एबं ईन्टरनेट बैंकिङ कार्यक्रम पनि निःशुल्क हुनेछ ।

त्यस्तै कामना सेवा बिकास बैंकबाट बिमा गर्दा बिमाङ्क रकम बराबरकै दुर्घटना बिमा समेत गरीदिने नयाँ योजना समेत शुरुवात भएको छ ।