आज कति छ सुनचाँदीको भाउ ?

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख २९, २०७६

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आइतबार सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चादी व्यवसायी महासंघले जनाएको छ ।

तर गत बुधबार, बिहीबार सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी गतशुक्रबार सुन प्रति तोला ६० हजार रुपैयामा कारोबार भएको थियो । त्यस्तै आज आइतबार तेजावी सुन तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार चाँदीको भाउ स्थिर रहेको छ । आइतबार चाँदी प्रति तोला ७ सय २० रुपैयामा कारोबार भैरहेको छ । त्यसै गरी गतशुक्रबार पनि सोहि मुल्यमा कारोबार हुने नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।